काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म निष्कासन तथा विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै रितपूर्वक आवेदन दिएका ५३ हजार ५७ जनालाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर पुस २८ गते बाँडफाँट गरिएको जानकारी दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
पहिलो चरणमा १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर विक्री नभएको देखिन्छ । यस अवधिमा विक्री नभएको हकप्रद शेयर कम्पनीले दोस्रो चरणमा लिलामी प्रक्रियाबाट विक्री गर्नेछ ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूका लागि कम्पनीले हकप्रद शेयर निष्कासन गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा विक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।