काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १० गते छैटौं वार्षिक साधारण बोलाएको छ । माघ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय बागलुङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २१ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयधरनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।