काठमाडौं। नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरेको छ । ‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ मानिएको दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा गरिएको बताइएको छ ।
चांगानको १६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्याउने अपेक्षा गरिएको दिपल ई०७ मा चांगानको प्राथमिकतामा रहेको अत्याधुनिक प्रविधि र अद्वितीय डिजाइनसँगै अफरोड क्षमतालाई पनि सम्बोधन गरिएको बताइएको छ । यसमा एउटा बटन थिच्दा एसयुभीबाट ट्रकमा कन्भर्ट हुने बताइएको छ, जसले यसलाई शहरका लागि मात्र नभई अफरोडका लागि पनि सजिलो हुने अपेक्षा गरिएको हो ।
यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको र ‘पर्फमेन्स अपरोड’का लागि सजिलो र आरामदायी पनि रहेको बताइएको छ । १९० किलोवाटको ‘रियरह्वील ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम ट्रक उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लुएलटीपी’ रहनेछ र यसमा ‘अल्ट्रा फास्ट डीसी चार्जर’को क्षमता रहेको बताइएको छ ।
कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८ दशमलव ८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको बताइएको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किङ’ जस्ता फिचर छन् । अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको बताइएको छ । यसको अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्ने बताइएको छ ।