काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पुस २७ गते विगत चार आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्काई दरबार ब्यांक्वेट सिंहदरबार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्म चार आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्नका लागि सभा आह्वान गरेको हो । चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुंग्याउनेछ ।
साथै समूह ‘क’ र ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको मनोनय वा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने विषय पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।