काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको नाफा फागुन महीनाको तुलनामा चैत महीनामा ३२ प्रतिशत वृद्धि भएको छ ।
फण्डले फागुन मसान्तसम्ममा रू. १ करोड ६६ लाख नाफा कमाएकोमा चैत मसान्तसम्ममा बढेर रू. २ करोड २१ लाख पुगेको हो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड ९२ लाख रहेकोमा चैत मसान्तमा बढेर रू. ३ करोड ६२ लाख पुगेको छ । त्यसैगरी फण्डको नाफासँगै न्याभ पनि बढेको छ ।
फागुन मसान्तसम्मा फण्डको न्याभ रू. १० दशमलव ०८ रहेकोमा चैत मसान्तमा बढेर रू. १० दशमलव २३ पुगेको हो । त्यस्तै फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ४५ करोड २३ लाख लगानी गरेकोमा चैत मसान्तमा बढेर रू. ४९ करोड ५६ लाख पुगेको हो ।