असोज १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले भदौ मसान्तसम्ममा रू. ३४ लाख ५१ ह्जार नाफा कमाएको छ । साउन मसान्तसम्ममा भने फण्डले रू. ५४ लाख ९० हजार नाफा कमाएको थियो । फण्डको नाफा साउनको तुनलानामा भदौमा ३७ प्रतिशत कमि आएको हो । भदौ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । साउन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ७२ लाख ४० हजार रहेकोमा भदौ मसान्तमा घटेर रू. ६७ लाख ७९ हजारमा झरेको छ । नाफासँगै फण्डको न्याभ पनि घटेको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ रू. १० रहेकोमा भदौ मसान्तमा रू. ९ दशमलव ९९ कायम भएको हो ।
त्यसैगरी फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २० करोड ४२ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. २० करोड ७८ लाख थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.