पुस २५, काठमाडौं (अस) । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई दिएको १० बराबर ८ अनुपातमा जारी गरेको हकप्रद शेयर जम्मा गर्न लगानीकर्तासँग हितग्राही खाता(डिम्याट एकाउण्ट) नम्बर माग गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसका साथै शेयरधनीहरुले हितग्राही खाता एनबि इन्स्योरेन्सको कुनै पनी शाखामा उपलब्ध गराउन सक्ने उल्लेख गरेको छ ।