काठमाडौं। काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा एनएसएल सिजन ३ को शुुरुआत गरेको छ । नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट शुरू भएको र्याली वसन्तपुर र काठमाडौंका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो । उत्साही राइडर, फ्यान र टिमका समर्थक सामेल भएको र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता प्रदर्शन भएको बताइएको छ ।
र्यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको शुरुआत गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१ दशमलव ३३ केएमपीएल (एआरएआई–प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्ने बताइएको छ । यसमा रियल–टाइम डायग्नोस्टिक्सको लागि ओबीडी–आईआई पनि छ, जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्ने बताइएको छ ।