काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी आइतवार बाँडफाँट हुने भएको छ । यही माघ २ गते प्रि-अलोटमेन्ट सम्पन्न भएको र आइतवार बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ ।
कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन परेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो । यस आधारमा रू. २ अर्ब ५२ करोडभन्दा बढीको आवेदन परेको हो ।
बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन् । यस आधारमा १७ लाख २२ हजार भन्दा बढीको हात खाली हुनेछ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर शुरुमा १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्छ ।