काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डवाहक ग्राहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइएमई ट्राभल्ससँगको सहकार्यमा यो योजना ल्याएको बताइएको छ । यस योजनाअन्तर्गत हाललाई आन्तरिक पर्यटकीय स्थान अन्नपूर्ण वेस क्याम्प र मुक्तिनाथ तथा अन्तरराष्ट्रिय टुर प्याकेजमा थाइल्याण्ड, बाली र दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजना ल्याएको बताइएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रुपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।
बैंकका क्रेडिट कार्डबाहक ग्राहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरीद गर्न सक्ने बताइएको छ ।
बैंकका क्रेडिट कार्डबाहक ग्राहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरीद गर्न सक्ने बताइएको छ । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छूट दिने बैंकले जानकारी दिएको छ ।