काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुरको देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । उक्त सामग्री बैंकको दलदले शाखाका प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामग्री रोटरी क्लबको समन्वयमा विद्यालयलाई प्रदान गरेको बताइएको छ । बालबालिकाको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागी भएको बताइएको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाका लागि छात्रवृत्ति जस्ता कार्यमा योगदान प्रदान गरिसकेको बताइएको छ ।