काठमाडौं। गोगोरो इंक र नेबुला इनर्जीले काठमाडौंको नारायणचौर नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएका छन् । नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने बताए । उनले सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन लक्ष्यको शुरुआतमात्र रहेको बताए ।
कम्पनीका प्रबन्ध निर्देशक सहायु गोयलले दुईपांग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापकस्तरमा पुर्याउन प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । ब्याट्री–स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्युतीय दुई पांग्रे सवारी खरीद गर्ने उपभोक्ताले सामना गर्ने यस्ता प्रमुख चुनौतीमा साथ दिने बताए ।
गोगोरो जेगोेको शुरुआती मूल्य रू. २ लाख २९ हजार ९०० रहेको कम्पनीले जानकारी दिएको छ । डुअल ब्याट्री अप्सन समावेश यस स्कुटरले उच्च गति र लामो रेन्ज प्रदान गर्ने बताइएको छ । जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल रहेको बताइएको छ । त्यस्तै गोगोरो क्रसओभर जीएक्स २५० को शुरुआती मूल्य रू. २ लाख ७४ हजार ९०० रहेको बताइएको छ । विभिन्न स्टोरेज, राइडिङ र कस्टोमाइजेसन क्षमता प्रदान गर्ने यो स्कुटर आरामदायी र आकर्षक रहेको बताइएको छ । कम्पनीको अर्को उत्पादन गोगोरो पल्सको शुरुआती मूल्य रू. ५ लाख ९९ हजार ९०० रहेको बताइएको छ । भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्ट स्कूटरलाई पुन: डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको बताइएको छ ।