भदौ २१, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्रकुमार राई चयन भएका छन् । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा उनलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी सोही बैठकले भदौ २१ गतेदेखि लागू हुने गरी कम्पनीका अध्यक्ष गौरव बुढाथोकीले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।