काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३० करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ३४९ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १०१ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ६० करोड ६५ लाखभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब २१ करोड ९८ लाखभन्दा बढीको विद्युत विक्री गरेको हो । वित्तीय आम्दानी पनि यस वर्ष उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष रू. ३ लाखभन्दा बढी मात्र रहेको वित्तीय आम्दानी यस वर्ष रू. १ करोड ३६ लाखभन्दा बढी भएको हो ।
वित्तीय खर्च भने गत वर्षभन्दा यस वर्ष ६६ प्रतिशतभन्दा बढी रू. ४७ करोड ६४ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १२ करोड ५० लाख रहेको छ । गत वर्ष रू. १३ करोड ६२ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष रू. २० करोड ८० लाखभन्दा बढी कायम भएको छ । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ६६ रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ७४ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस