काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
त्यस्तै, कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।
आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष पनि शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।