काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा १९७ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा रू. ५ करोड ८ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ११ लाख पुगेको छ । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेको कारण नाफा बढ्न टेवा पुगेको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ३३ करोड ६४ लाख रहेकोमा चालू आवमा घटेर रू. १८ करोडमा झरेको छ । जसका कारण कम्पनीको सञ्चालन नाफा १९७ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ७ करोड २५ लाख रहेकोमा चालू आवमा बढेर रू. २१ करोड ५९ लाख पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेकोमा चालू आवमा बढेर १३ रुपैयाँ ७६ पैसा पुगेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा भने रू. २९ करोड ९१ लाख ऋणात्मक छ ।
चुक्तापूँजी रू. ४ अर्ब ३९ करोड रहेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा रिजर्भमा रू. २ अर्ब ४४ करोड सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. २९ करोड ९१ लाख ऋणात्मक रहेको छ ।