काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा पुष २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आ.व.२०८१/०८२ को लागि क्यापिटलको लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।