काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको २० लाख ४० हजार ९९७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल ल्यूव आयल लिमिटेडको ९७ हजार ५६४ कित्ता, ज्याति विकास बैंकको १२ लाख ८० हजार ३२५ दशमलव ९९ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ लाख ६३ हजार १०७ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी तीन ओटै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।
ग्लोबल आइएमई लघुवित्तले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै ज्योति विकास बैंकले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर र नेपाल ल्यूव आयलले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।