काठमाडौं । केयर रेटिङ्स नेपालले आगामी मंसिर ९ गते आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं, पुतलीसडकस्थित कार्यालयमा दिउँसो ३:१५ बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंग्याइनेछ।
कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ। साथै, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।