काठमाडौं। कजरिया रमेश टाइल्स लिमिटेडले ३०० बाई ४५० एमएम सेरामिक टाइलको नयाँ शृंखला बजारमा ल्याएको छ । कम्पनीले यसअघि ६०० बाई ६०० एमएम र ६०० बाई १२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४०० बाई ४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याएको बताइएको छ । यी टाइल नेपालमा नै उत्पादन हुने भएकाले, उच्च गुणस्तरको सुनिश्चितता गर्दै उत्पादन लागत पनि कम गर्ने बताइएको छ । यसका कारण कजरिया टाइल्सले आयातित भारतीय टाइलको तुलनामा २० देखि २५ प्रतिशत कम मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ ।
सेरामिक टाइल विविधता, टिकाउपन र मर्मतसम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानमा प्रयोगका लागि उत्तम विकल्प मानिने कम्पनीको भनाइ छ । कम्पनीका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारमा पहिलो पटक भिट्रिफाइड टाइल्स ल्याउँदा व्यापक प्रशंसा पाएको बताए । ‘त्यसै सफलतामा आधारित भएर, हामी अहिले अत्याधुनिक प्रविधिमा उत्पादन गरिएका सेरामिक टाइल बजारमा ल्याउँदैछौं, हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि नेपाली बजारमा यी टाइल पनि त्यत्तिकै रुचाइनेछन्, साथै उत्साहका साथ हामी ३०० बाई ६०० एमएमका सिरेमिक टाइल्स पनि छिट्टै उत्पादनमा ल्याउने घोषणा गर्दछौं ।’ कम्पनीले रमेश कर्प र भारत को नं १ टाइल निर्माता कजरिया सेरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा टाइल उत्पादन कारखाना निर्माण गरिरहेको बताएको छ ।