ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालिले आगामी १० वर्षका लागि विराटनगर र भैरहवा सुक्खा बन्दरगाह (आईसीडी) सञ्चालनको जिम्मा पाएको छ । सुक्खा बन्दरगाह सञ्चालनका लागि विद्यमान कानूनी संरचनामा केही परिवर्तन गरी आगामी १० वर्षसम्म ट्रान्स नेपाललाई नै सञ्चालनको जिम्मा दिइएको नेपाल मल्टिमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले अभियानलाई बताए ।
‘ट्रान्स नेपालसँगको पहिलो करार सम्झौतामा कामकारबाही चित्तबुझ्दो भए कम्तीमा एकपटक पुन: सञ्चालनको जिम्मा दिन सक्ने व्यवस्था छ,’ उनले भने, ‘सोही आधारमा सञ्चालनको जिम्मा दिइएको हो । समितिले यसअघि सन् २००२ मा ट्रान्स नेपाललाई १० वर्षका लागि ती दुई सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा दिएको थियो । त्यसमा भैरहवाका लागि मात्र रू. १० करोड शुल्क निर्धारण गरिएको थियो ।
वर्ष ८, अंक ८०, आइतवार २४ मङ्सिर, २०६९