काठमाडौं । सोमवार स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको शेयर पुस २२ गते आइतवार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्कासन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो । सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको सिम्बोल एचआरएल छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ३४० दशमलव १० पुगेको छ ।