logo
कुमारी बैंकको १ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
कुमारी बैंकको १ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
२१ चैत्र २०८१

कुमारी बैंकको १ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक लिमिटेडको १ हजार ४३७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री गर्दा वितरण नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.