काठमाडौं। एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्समा लगानी गर्ने भएको छ । मंगलवार भएको लगानीसम्बन्धी सम्झौतामा क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक विमलकुमार सावरथियाले हस्ताक्षर गरेका छन् ।
सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्सले टिएमटी रड, ब्लेड र रिब्ड तार उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादन गर्न प्रतिबद्ध रहेको बताइएको छ । यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्याउन सफल हुने विश्वास कम्पनीको छ ।
एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्याउने अपेक्षा गरिएको छ । क्यापिटलका अध्यक्ष टिवडेवालले एनआर्ईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने सशक्त व्यवसायलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए । लक्ष्मी स्टील्सका निर्देशक सावरथियाले एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको विशेषज्ञता र पूँजीले कम्पनीको क्षमता विस्तार र नेपालको आर्थिक विकासमा योगदान पुग्ने अपेक्षा गरे ।