काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीको कुल १ करोड ४१ लाख ९० हजार कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको हो ।
कम्पनीले यस अघि कायम भएको संस्थापक तर्फको ५९ दशमलव ४० प्रतिशत शेयरमध्ये ८ दशमलव ४० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गरेको हो । परिवर्तित पूँजी संरचना पश्चात् कायम भएको ७२ लाख ३६ हजार ९०० कित्ता र सर्वसाधारण समूहतर्फ ६८ लाख ५३ हजार १०० कित्ता शेयर अनुपात हुने गरी नेप्सेमा समेत शेयर अभिलेख गरिएको छ । शेयर संरचना परिवर्तन सम्बन्धि प्रस्ताव कम्पनीले गत माघ ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।