काठमाडौं । मंगलवार नेप्से परिसूचक २ हजार विन्दुले तल झरेको छ । २ हजार ४ दशमलव ९७ विन्दुदेखि खुलेको मंगलवारको बजार १ हजार ९८८ दशमलव १९ विन्दुसम्म झरेर १ हजार ९९१ दशमलव ७१ विन्दुमा बन्द भएको हो । फागुन २० गतेपछिको कारोबारमा नेप्से परिसूचक २ हजारविन्दुमाथीनै रहेको थियो । यो बीचको कारोबारमा नेप्से परिसूचक २ हजार १०० विन्दुमाथी पुगेको थियो ।
पछिल्लो चार कारोबार दिन बजार निरन्तर घटेको छ । मंगलवार अघिल्लो कारोबार दिनको तुलनामा बजार १४ दशमलव ८१ अंक अर्थात शून्य दशमलव ७३ प्रतिशत घटेको हो ।
अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार कारोबार रकम पनि घटेको छ । सोमवार २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रूपैयाँभन्दा बढीको ७२ लाख २३ हजार ७७३ कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार २ अर्ब १० करोड ३० लाख १९ हजार रूपैयाँभन्दा बढीको ५४ लाख ७१ हजार ६८ कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा गोर्खाज फाइनान्सले सर्वाधिक हिस्सा ओगटेको छ । गोर्खाज फाइनान्सको १७ करोड ५९ लाख रूपैयाँभन्दा बढीको २ लाख १२ हजार ६२६ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको गोर्खाज फाइनान्सको शेयरमूल्य घटेको बजारमा पनि सर्किट लेभलमा बढेको छ ।
मंगलवार गोर्खाज फाइनान्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत अर्थात प्रतिकित्ता ८२ रूपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ९०५ रूपैयाँ कायम भएको छ । गोर्खाज फाइनान्ससँगै मंगलवार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । प्रतिकित्ता १०४ रूपैयाँ ९० पैसाले बढेर १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य प्रतिकित्ता १ हजार १५५ रूपैयाँ कायम भएको छ ।
मंगलवार २०० कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने ४२ कम्पनीको धितोपत्र मूल्य बढेको छ । दुई कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको जानकारी नेप्सेले दिएको छ । घटेको बजारमा मंगलवार रू रू जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
प्रतिकित्ता ६२ रूपैयाँ ३० पैसाले घटेर अन्तिम शेयरमूल्य ५६० रूपैयाँ ७० पैसा कायम भएको छ । मंगलवार एकै दिन कुल बजार पूँजीकरण २३ अर्ब ४८ करोड रूपैयाँभन्दा बढीले घटेको छ । अघिल्लो कारोबार दिन ३१ खर्ब ८१ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण ३१ खर्ब ५८ अर्ब १० करोड रूपैयाँभन्दा बढी कायम भएको छ ।
यस दिन सबै समूहगत परिसूचकहरू घटेका छन् । सर्वाधिक परिसूचक यो दिन जलविद्युत समूहको घटेको हो । जलविद्युत समूहको १ दशमलव ३१ प्रतिशत , लघुवित्तको १ दशमलव १६ प्रतिशत, अन्यको १ दशमलव शून्य ७ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७५ प्रतिशत, लगानीको शून्य दशमलव ६० प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, वित्तको शून्य दशमलव ४८ प्रतिशत, बैंकिङको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंकको शून्य दशमलव १९ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव २८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक घटेको हो ।