काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा १५७ दशमलव २७ प्रतिशत वृद्धि भएको छ ।
जेठ मसान्तमा फण्डले रू. १ करोड ८२ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू.४ करोड ६९ लाख पुगेको छ । असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी रू.२ करोड ८८ लाख रहेकोमा असार मसान्तमा बढेर रू. ५ करोड ८९ लाख पुगेको छ ।
नाफासँगै फण्डको न्याभ पनि बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १८ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ६४ पैसा पुगेको हो ।
असारमसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ३९ करोड २८ लाख गरेको छ । यो लगानी जेठ मसान्तमा रू. ३९ करोड ९१ लाख थियो ।