काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर आजबाट निष्कासनमा ल्याएको छ । कम्पनीले माघ १५ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासनमा ल्याएको हो ।
कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ १८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा माघ अघिल्ला दुई कारोबार दिन सार्वजनिक बिदा परेकाले माघ १५ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका हुन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँका आधारमा २५ प्रतिशत दरले हुन आउने २ करोड १ लाख २३ हजार ६०६ दशमलव १९ कित्ता हकप्रद शेयर निष्कासन गरको हो । यो हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत पुस ९ गते नै स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा हकप्रद विक्री गर्नुपरेको हो । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो हकप्रद शेयर फागुन २८ गतेसम्म विक्रीमा रहनेछ ।
यो हकप्रद शेयर खरीदका लागि विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिनेछ ।