काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४९ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ३ करोड ५२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ८ करोड ८० लाख पुगेको हो । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ ५० पैसा पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड छ । चालू आवमा कम्पनीले रिटेन्ड अर्निङमा रू. ३३ करोड १६ लाख र महाविपत्ति कोषमा रू. १० करोड ५७ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको अन्य इक्वीटी रू. १ अर्ब ८१ करोड छ ।
पहिलो त्रैमासमा कम्पनीको बीमा कोषमा रू.३ अर्ब ५७ करोडभन्दा बढी छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४६ दशमलव ०६ गुणा र प्रतिशेयर नेटवर्थ रू. २११ दशमलव ७१ छ ।