काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभाबाट पारित भएको भोलिपल्टदेखि नै नगद लाभांश वितरण गर्न शुरू गरेको छ । पुस २८ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको करसमेत ३० प्रतिशत नगद लाभांश पुस २९ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैक खातामा जम्मा गरेको हो ।
कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका हुन् । कम्पनीले गत वर्षको मुनाफाबाट करसमेत नगद लाभांश मात्र वितरण गरेको हो । बुक क्लोजको अघिल्लो दिनसमम आफ्नो शेयर धितो बन्धक राखेका शेयरधनीहरूको हकमा सम्बन्धित संस्थाबाट फुकुवा पत्र प्राप्त गरी कम्पनीमा पेश गरेपछि मात्र नगद लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विगत पाँच वर्षको लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई समेत कम्पनी शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क राखी आफ्नो नगद लाभांश पूर्जा प्राप्त गर्न कम्पनीले भनेको छ ।