काठमाडौं। नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) विराटनगरबीच छूटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकलाई लक्षित गरी गरिएको सम्झौतामा अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गरिने बताइएको छ ।
उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बंैक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको हो ।