काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
फागुन १५ गते साधारण सभा सम्पन्न भएको हो । सभाबाट संस्थापक समूह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्यको निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका हुन ।