काठमाडौं । नेपाल इन्स्योरेन्सले यस वर्षका लागि वितरण गर्ने प्रस्ताव गरेको लाभांश आज (चैत ६ गते)सम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्ने भएका छन् ।
कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।