काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तीनकुने, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।