काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्षको लागि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते ३२औं वाषिक साधारण सभा बोलाएको छ । याक प्यालेस, पुल्चोक, ललितपुरमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।