काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीको बैंक खाता नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । असोज १३ गतेसम्म हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका शेयरधनीको हकमा सम्बन्धित बैंक खातामा नै जम्मा भइरहेको र सो मितिपश्चात बैक खाता अद्यावधिक गराएका शेयरधनीको पनि क्रमश: बैंक खातामा नै जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका शेयरधनीले यथाशीघ्र डिम्याट खाता खोलेर सम्बन्धित निक्षेप सदस्यलाई सम्पर्क गर्नुपर्नेछ । त्यसपछि शेयर प्रमाणपत्र अभौतिकीकरण गरि नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आईपीएस सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातानम्बर सहितको विवरण अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । त्यसपछि शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुनेछ ।
यदि शेयरधनीले उपलब्ध गराएको बैंक खातामा विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएकोमा सोको जिम्मेवार सम्बन्धित शेयरधनी स्वयं नै हुनेछ । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।