काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा शुक्रवार (भोलि) हुँदैछ । ललितपुरकाे पुल्चाेकस्थित याक प्यालेसमा भाेलि बिहान ११ः३० बजे साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार साधारण सभामा २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यस्तै, साधारण सभामा आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव पेस गरिनेछ । यसैगरी, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस गरिने कम्पनीले जनाएकाे छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।