काठमाडौं। नेपाली सोसाइटी अफ इम्प्लान्ट डेन्टिस्ट्री (एनएसआईडी) ले अन्तर्राष्ट्रिय इम्प्लान्टोलोजी कन्फरेन्स २०२५ आईतवार सम्पन्न भएको छ । । "बायोलोजी एट द कोर" को थीममा सञ्चालित यो दुई दिने सम्मेलनमा विश्वभरका दन्तचिकित्सक, शोधकर्ता, र प्रविधि विशेषज्ञहरू सहभागी भएका थिए / यसले नेपालमा दन्त इम्प्लान्टोलोजीको गुणस्तर र पहुँच बढाउन एनएसआईडीले विश्वास लिएको छ ।
कन्फरेन्सको प्रारम्भिक सत्रमा अन्तर्राष्ट्रिय इम्प्लान्ट विशेषज्ञहरूले दाँत प्रत्यारोपणका वैज्ञानिक पक्ष, नवीनतम प्रविधि, र रोगीको जीवनमा यसले ल्याउने सकारात्मक परिवर्तनबारे व्याख्यान दिए। एनएसआईडी अध्यक्ष डा. विपुल मान सिंहले थीम व्याख्या गर्दै भने, "इम्प्लान्टोलोजीमा दीर्घकालीन सफलता जीवविज्ञानप्रतिको सम्मान र सामंजस्यमा निर्भर छ। हाम्रो लक्ष्य केवल दाँत राख्नु होइन, मानिसको आत्मविश्वास र जीवन पुनर्निर्माण गर्नु हो।"
मुख्य अतिथि रहेका अनिल केसरी शाहले "सुखको सूत्र" सिद्धान्तबाट प्रेरित हुँदै दन्तचिकित्सकहरूलाई मानवताको दृष्टिकोण अपनाउन आह्वान गरे। उनले भने, "ईश्वरीय अहंकारबाट टाढा रही, विज्ञान र सेवाको संयोजनले मात्र सच्चिको सुख दिन सक्छ।"
सम्मेलनले युवा दन्तचिकित्सकहरूलाई विशेष महत्त्व दिँदै मेंटरशिप सेसन, ह्यान्ड्स-अन प्रशिक्षण, र अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग संवाद गराएको थियो । एनएसआईडीले युवा पुस्तालाई नै दन्तचिकित्साको भविष्य भनी उनीहरूको पेशागत विकासमा जोड दिँदै आएको बताएको छ।
कन्फरेन्स साइटमा दन्तचिकित्सा उपकरण निर्माता, स्टार्टअप, र प्रविधि कम्पनीहरूले आधुनिक इम्प्लान्ट प्रविधि, डिजिटल स्क्यानिङ उपकरण, र सर्जरी समाधानहरू प्रदर्शन गरेका छन्।
२०१६ मा स्थापित एनएसआईडीले नेपालमा इम्प्लान्टोलोजीको प्रगतिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ। यसले शैक्षिक अनुसन्धान, सामुदायिक जागरूकता, र सस्तो मूल्यमा गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य राखेको छ।