काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक पुन २६ सय विन्दुमा पुगेको छ । यस दिन नेप्से १२ दशमलव ५८ अंक बढेर २ हजार ६०१ दशमलव २१ विन्दुमा पुगेको हो ।
बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ९३ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब २५ करोड बराबरको भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
आज ३२५ धितोपत्रको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर ७२ हजार ५४० पटक कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै पोजेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १८ हजार २९ पुगेको छ । दोस्रोमा विन नेपाल लघुवित्त वित्तीय सस्थाको शेयर मूल्य ९ दशमलव ०९ प्रतिशत बढेर रू. ३ हजार ३ सय पुगेको छ ।
सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४७६ मा झरेको छ । दोस्रोमा एनआइसी एशिया सेलेक्ट ३० को इकाई मूल्य ६ दशमलव ९३ प्रतिशत घटेर रू. ९ दशमलव २७ मा कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. २६ करोड ८५ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १३९ दशमलव ९० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सुपर मादीको रू. २४ करोड ४५ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै वित्त समूहको सूचक २ दशलमव ३२ प्रतिशत वृद्धि भएको छ । म्युचुअल फण्डको सूचक भने सबैभन्दा बढी शून्य दशमलव ४६ प्रतिशत घटेको छ ।