काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । यससँगै नेप्से २५ दशमलव ४१ अंक घटेर २ हजार ६०९ दशमलव ६७ मा झरेको हो ।
अघिल्लो कारोबार दिन रू. ७ अर्ब ३० करोड बराबरको कारोबार भएकोमा आज रू. ३ अर्ब ९९ करोडमा झरेको हो ।
धेरै ब्रोकरहरुको टीएमएसमा समस्या आउँदा आइतवार कारोबार रकम र सूचक थप दबाबमा परेको अनुमान गरिएको छ । आज टीएमएसमा समस्या आउँदा कतिपय लगानीकर्ताहरूले सहजै कारोबार गर्न पाएनन् । यो कारणले पनि कारोबार रकम घटेको ब्रोकर बताउँछन् ।
यसो त यसभन्दा अगाडि लगातार ६ कारोबार दिन बजार बढेको थियो । बढेको बजारमा अल्पकालीन कारोबारीले प्रोफिट बुक गर्दा बजार घटेको देखियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ०१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत, सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९७ प्रतिशत घटेको छ ।
आज ३०१ धितोपत्रको ८० लाख २१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७९१ दशमलव ८० पुगेको छ । दोस्रोमा सिन्धु विकास बैंकको शेयर मूल्य ८ दशमलव १९ प्रतिशत घटेर रू. १ हजार १८९ कायम भएको छ ।
आइतवार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६२१ मा झरेको छ । दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ७ दशमलव ५५ प्रतिशत घटेर रू. ९ दशमलव ०६ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. २० करोड ४१ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ११४ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिन्धु विकास बैंक छ । कम्पनीको रू. १८ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशलमव ६० प्रतिशत घटेको छ । त्यस्तै विकास बैंक समूहको सूचक १ दशमलव ६० प्रतिशत घटेको छ ।