काठमाडौं । पाँचौं नेको कर्पाेरेट फुटसल प्रतियोगिताको ‘ट्राई सिट ड्र’ बिहीवार (आज) सम्पन्न भएको छ ।
नेको इन्सुरेन्स लिमिटेडले आयोजना गर्न लागेको एक दिवसीय प्रतियोगिताको ‘ट्राई सिट ड्र’ कार्यक्रममा कम्पनीका कार्यकारी प्रमुख अशोक कुमार खड्कासहित एन्फा अफिसियल्स, खेलाडी र टिमका प्रतिनिधिको उपस्थिति रहेको थियो । कम्पनीको काठमाडौं, ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले आगामी शनिवार काठमाडौंको धुम्बाराहीस्थित धन्यन्तरी फुटसल क्लबमा प्रतियोगिता आयोजना गर्न लागेको छ ।
कम्पनीका अनुसार उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत समूह ‘ए’ मा नेको इन्सुरेन्स (ए), एनएमबि बैंक लिमिटेड, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंक लिमिटेड छन् ।
यस्तै, समूह ‘बी’ मा माछापुच्छ्रे बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र प्रमु बैंक लिमिटेड छन् । यसैगरी, समूह ‘सी’मा सिद्धार्थ बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड छन् । समूह ‘डी’ मा भने नेको इन्सुरेन्स (बी), गरिमा विकास बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड छन् ।
२९ वर्षदेखि निरन्तर बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।