logo
पाँचथर पावरको साधारण सभा सोमवार, ७ प्रतिशत लाभांश पारित हुने
पाँचथर पावरको साधारण सभा सोमवार, ७ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पुस १८ गते सोमवार सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । 

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ९६ करोड २५ लाखको आधारमा ७ प्रतिशत करसमेत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.