काठमाडौं । फागुन महीनामा धितोपत्र दोस्रो बजारमा १८ करोड ५२ लाख ५६ हजार २४३ दशमलव ९७ कित्ता धितोपत्र थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गरिमा समृद्धि योजनाको १२ लाख ५० हजार इकाई समेत उक्त संख्यामा धितोपत्र दोस्रो बजारमा थपिएको हो ।
बन्दमुखी प्रकृतिका सामूहिक लगानीकोषका योजनाको इकाई भने दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत हुने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम गरिमा समृद्धि योजनाको इकाई फागुन १ गते दोस्रो बजारमा सूचीकृत भएको हो ।
यसका अलावा फागुनमा आइसिएफसि फाइनान्सको ९ प्रतिशत ब्याजदर रहेको ३ लाख कित्ता ऋणपत्र पनि सूचीकृत भएको छ । स्थानीयतर्फको साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता शेयरसँगै फागुनमा १० कम्पनीको बोनस शेयर समेत सूचीकृत भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । नेप्सेका अुनसार छिमेक लघुवित्तको ८ प्रतिशत, ग्लोबल आइएमई बैंकको ५ दशमलव ५ प्रतिशत, फष्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशत, कृषि विकास बैंकको ३ प्रतिशत, शिवम् सिमेन्टको ८ दशमलव ५५ प्रतिशत, हिमालयन डिष्टिलरीको १५ प्रतिशत, डिप्रोक्स लघुवित्तको ९ दशमलव ५ प्रतिशत, सानिमामाई हाइड्रोको १० प्रतिशत, नेपाल ल्युव आयलको २० प्रतिशत र स्ट्याण्डर्ड चाटर्डको ६ दशमलव ५ प्रतिशत बोनस शेयर फागुनमा दोस्रो बजारमा सूचीकृत भएको हो ।
त्यस्तै लिवर्टी इनर्जीको ५० प्रतिशत र एनएलजी इन्स्योरेन्सको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर समेत फागुनमै दोस्रो बजारमा कारोबारयोग्य भइसकेको छ । सूचीकृत भएको भोलिपल्टदेखि कारोबार हुने यी शेयर सम्बन्धित शेयरधनीहरूको हित्ग्राही खातामा समेत जम्मा गरिसकिएको जानकारी कम्पनीहरूले दिएका छन् ।
पछिल्लो समय धितोपत्र कारोबारका लागि हितग्राही खाता अनिवार्य भएसँगै बोनस शेयरहरू हितग्राही खातामा नै जम्मा हुने गरेको छ । यसर्थ हालसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीहरूले समयमै हितग्राही खाता खोली आफ्नो शेयर प्राप्त गर्न समेत कम्पनीहरूले आग्रह गर्दै आएका छन् ।
कम्पनीको नाम | सूचीकृत कित्ता | धितोपत्रको किसिम | प्रतिशत |
गरिमा समृद्धि योजना | 12,50,00,000 | इकाई | |
साञ्जेन जलविद्युत | 3,650,000 | स्थानीय तर्फको शेयर | |
९ प्रतिशत आइसिएफसि डिबेञ्चर | 3,00,000 | ऋणपत्र | |
छिमेक लघुवित्त | 2,381,737.68 | बोनस शेयर | 8 |
ग्लोबल आइएमई बैंक | 19,870,823.63 | बोनस शेयर | 5.5 |
फष्र्ट माइक्रोफाइनान्स | 1,110,444.21 | बोनस शेयर | 9 |
कृषि विकास बैंक | 4,035,502.22 | बोनस शेयर | 3 |
शिवम् सिमेन्ट | 4,298,085 | बोनस शेयर | 8.55 |
हिमालयन डिष्टिलरी | 4,008,784.97 | बोनस शेयर | 15 |
डिप्रोक्स लघुवित्त | 1,620,887.13 | बोनस शेयर | 9.5 |
सानिमामाई हाइड्रोपावर | 3,398,176.10 | बोनस शेयर | 10 |
नेपाल ल्युव आयल | 121,437.80 | बोनस शेयर | 20 |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | 6,129,145 | बोनस शेयर | 6.5 |
लिवर्टी ईनर्जी | 75,00,000 | हकप्रद शेयर | 50% |
एनएलजी इन्स्योरेन्स | 9,631,220.22 | हकप्रद शेयर | 62.56% |
जम्मा | 185,256,243.97 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।