logo
पहिलो त्रैमासमा आइसिएफसि फाइनान्सको नाफा ६३३ प्रतिशत बढ्यो
पूँजी बजार
पहिलो त्रैमासमा आइसिएफसि फाइनान्सको नाफा ६३३ प्रतिशत बढ्यो
७ कार्तिक २०८१

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक  गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३३ प्रतिशत वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ९३ लाख ७७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ६ करोड ८८ लाख कमाउन सफल भएको हो ।

चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ६३८ प्रतिशत र खुद ब्याज आम्दानी २२ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा कम्पनीको सञ्चालन नाफा रू. १ करोड ३६ लाख रहेकोमा चालू आवमा रू. १० करोडभन्दा बढी छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. ११ करोड ६८ लाख रहेकोमा चालू आवमा रू. ५० करोड ७६ लाखभन्दा बढी छ । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १७ पैसा रहेकोमा चालू आवमा बढेर २३ रुपैयाँ २५ पैसा पुगेको छ ।

चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव ८९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६९ दशमलव १८ रहेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १८ करोडभन्दा बढी छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. ७५ करोड १२ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड ७५ लाख सञ्चिति गरेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.