काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा २३ दशमलव १६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २२ करोड ८८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २८ करोड १८ लाखभन्दा बढी नाफा कमाउन सफल भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १७ दशमलव ७५ प्रतिशत र खुद ब्याज आम्दानी ६ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३४ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ४० करोड ३२ लाख रहेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. १ अर्ब ४ करोडभन्दा बढी रहेकोमा चालू आवमा रू. २ अर्ब ८७ करोडभन्दा बढी छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९९ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ पुगेको छ । त्यस्तै पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ६२ करोड ९० लाख रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ७ अर्ब ४ करोडभन्दा बढी छ । कम्पनीले पहिलो त्रैमासमा जगेडामा रू. ३ अर्ब १८ करोड र रिटेन्ड अर्निङमा रू.६२ करोड ९० लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ०१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १० छ ।