काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि १ लाख ६२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति र संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेको हो। इच्छुक खरीदकर्ताहरूले कात्तिक ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिशेयर मूल्य १८० रुपैयाँ तोकिएको छ । तर, शेयर खरीद गर्न चाहने इच्छुक खरीदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक खरीदकर्ताले न्यूनतम १ लाख ६२ हजार ९५० कित्ता शेयरको लागि आवेदन पेश गर्नुपर्नेछ।
यसअघि कम्पनीले यी शेयरहरू विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरेको थियो । उक्त चरणमा विक्री हुन नसकेपछि अब दोस्रो चरणमा अन्य व्यक्ति र संस्थाहरूका लागि विक्री गर्न लागिएको हो । शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ।