वीरगञ्ज (पर्सा) । भूमि समस्या समाधान आयोग पर्साले जिल्लामा आयोगले गरेका कामहरू समेटेर अभिलेखसहितको किताव प्रकाशन गर्ने भएको छ । आयोग पर्साको अध्यक्षमा नियुक्त तबरेज अहमदले पदभार सम्हालेकै दिन यस्तो निर्णय गरेका हुन् ।
सरकारले पर्सासहित ७७ जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको थियो । नियुक्त भएको दुई सातापछि अहमदले पहिलो बैठकबाट यस्तो निर्णय गरेका हुन् ।
अहमदले यसअघि २०७८ चैत १७ गतेदेखि २०८० चैत ८ गतेसम्म यो पदको कार्यभार सम्हालेका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
जिल्ला समन्वय समिति, पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष अहमदलाई पदभार ग्रहण गराउँदै उनको सफल कार्यकालको लागि शुभकामना पनि दिएका थिए ।
अध्यक्ष अहमदले यसअघिको दुई वर्षे कार्यकालमा पर्सा जिल्लामा रहेका भूमीहिन विपन्न, दलित, अल्पसंख्यक समुदायका लागि धेरै काम गरिसकेको र अधुरा रहेका कामलाई पूर्णता दिने प्रतिबद्धता जनाए । उनले आगामी ३ वर्ष नेतृत्व गर्नेछन् ।