काठमाडौं । नेपाल बैंक लिमिटेडले पुराना चार आर्थिक वर्षको लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष ०७५र७६, ०७६र७७, ०७७र७८ र ०७८र७९ को लाभांश बुझ्न बाँकी सदस्यहरूलाई यथासिघ्र बुझिलिन बैंकले आग्रह गरेको हो ।
सम्बन्धित शेयरधनीहरूले आवश्यक कागजातहरू सहित कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडको ठमेल, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यहरूले यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत बैंकले भनेको छ ।
बैंकले बोनस शेयर हितग्राही खातामार्फत र नगद लाभांश बैंक खातामार्फत वितरण गर्दै आएको छ । यसर्थ हितग्राही खाता खोली उक्त खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ ।