साउन ११, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०६ दशमलव ३५ देखि ३१९ दशमलव शून्य ५ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव शून्य २ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ साउन ९ गते बाँडफाँट भएको हो । यस कम्पनीको आईपीओमा २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर पाएका थिए । कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका हुन् । जसमध्ये १ हजार ४२२ जना आवेदकको आवेदन रद्द भएको थियो ।