काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रालि बुटवलबीच छूटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र डेन्टलका प्रबन्ध निर्देशक अमृत भुसालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार संस्थाका ग्राहकले डेन्टलका सेवामा ३० प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिट्यान्स सेवा, सीआस्बा, आईपीएस, कनेक्ट आईपीएस, एबीबीएस, ईसीसी एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।